काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनकपुर पुगेका छन् । पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री समेत रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार बिहान जनकपुर पुगेका हुन् ।
पार्टी अध्यक्षसंगै मधेसका प्रभावशाली मानिने नेता एवम पुर्व मन्त्री मात्रिया यादव पनि आएका छन् ।
उनीलाई जनकपुरमा पार्टीका प्रदेश २ इन्चार्ज गणेश साह, सह- इन्चार्जद्वय महेन्द्र पासवान र बिश्वनाथ साह, प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाह सहित अन्य नेता कार्यकर्ताले भव्य स्वागत गरे ।
उनले शनिबार प्रदेश २ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामीला तथा सञ्चार मन्त्रीको प्रेस संयोजक शिवम साहले जानकारी दिए ।
Facebook Comments Box