प्रचण्ड र माधव नेपाललाई केपी ओलीको व्यंग्य: के आज बाउ र श्रीमतीको मुख हेर्ने दिन हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई व्यंग्य गरेका छन् ।

आइतबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले संविधान दिवसको दिन शहिदका आमाबुबाले गर्व गर्न पाउनुपर्नेमा आफ्ना बुवा र श्रीमतीलाई सम्मानीत गरिएको बताए ।

आफुलाई यो सबै देख्दा लाज लागेको बताउदै ओलीले भने संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा शहिदका सन्तानले गर्व गर्न पाउनुपर्नेमा बुवा र श्रीमतीलाई सम्मानीत गराएर संविधान दिवस मनाइएको बताए ।

उनले भने : “संविधान दिवसको दिन संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा शहिदका सन्तानले गर्व गर्न पाउनुपर्ने । शहिदका आमाबुबाले गर्व गर्न पाउनुपर्ने, घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने । आज त बाउको मुख हेर्ने दिन हो ।”

उनले थपे : “श्रीमतीको मुख हेर्ने दिन हो । छोराछोरीको मुख हेर्ने दिन हो । कस्तो आकंक्षा । कस्तो अतृप्ती । बाहिर निस्किएर भाषण गर्ने हो भने केही चाहिएको छैन हामिहरुलाई । म अरुजस्तो पदलोभित छैन । नातावादी कृपावादी छैन । ”

संविधान दिवसका अवसरमा नेताहरू प्रचण्डकी श्रीमती सीता दाहाल, नेपालका स्वर्गीय बुबा मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक दिने निर्णय दिइएपछि ओलीले सो व्यंग्य गरेका हुन् ।

उनले भने : “संविधान दिवसको दिन खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा पत्रकारिता गर्ने एउटा पत्रकारलाई सम्मान गरेको भए हुन्थ्यो । अब झगडीयाहरु सम्मानित, मुद्दा हाल्ने सम्मानीत, तथानाम बहस गर्नेहरु सम्मानीत, जे पायो त्यही बोल्नेहरु सम्मानीत”

“दुई चार जना छुटेको जस्तो लाग्यो मलाई, तीनलाई किन छोडेहोलान् । मुद्दा हराइदिने कोल्टाइदिने, तराजु पनि गजब रैछ । छाम्दा त थाहाँ पाइन्छ नी तराजु । इतिहासले निर्मम मुल्यांकन गर्नेछ ।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty − = fourteen