महेश बस्नेतलाई शेर्पालीको चेतवानी: ‘प्रचण्डबारे बोल्दा सन्तुलन गुम्यो भने टेक्ने ठाँउ पाइने छैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का भातृ संगठन योङ कम्युनिस्ट लिग नेपालका सह-संयोजक सुवोध शेर्पालीले नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतलाई प्रचण्डबारे टिप्पणी गर्दा सुन्तुलन गुम्यो भने टेक्ने र समात्ने ठाउ नपाइने चेतवानी दिएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेला कार्यक्रममा बस्नेतले प्रचण्डलाई एमाले प्रवेश गर्न खुल्ला आह्वान गरेपछि सह-संयोजक शेर्पाली आक्रोशित भएर आफ्नो सामाजिक संजाल फेसबुक मार्फत बस्नेत विरुद्ध कडा चेतवानी दिएको हो ।

शेर्पालीले लेखिएको छ ”बस्नेतले हाम्रो पार्टी अध्यक्षको राजनीतिक भविष्य सुनिश्चित गर्न बकबक गर्नु निकृष्ठता मात्रै हो । उनलाई मेरो सुझाव र चेतवानी के हो भने एमाले भन्ने पार्टीमा कुनै विचार,सिद्धान्त,विधि,पद्धति र लोकतान्त्रिक चरित्र नै छैन । एमालेको अस्तित्व कहिले सम्म रहन्छ भन्ने विषय नै आशंकको घेरामा रहेको बताए” ।

साथै प्रचण्ड खड्ग ओली जसरी ‘बा’ बनेर यो अवस्थामा आइपुगेको नेता नभएकोले प्रचण्ड विरुद्ध बोल्दा अराजकताले हद नाघ्यो भने विगतमा जस्तै गुमनाम भएर हिड्ने अवस्था आउने बताए ।

उनले थप लेखेका छन् ‘विगतमा एउटै पार्टीको सहयोद्धा बनेर काम गर्दा अलिअलि बचेको भावना आफैले टुङ्ग्याउने कार्य नगर्नुहोस् ।

हाम्रो संगठन वाइसीएल नेपाल यसको अगुवाई गर्न सक्षम र सबल छ भन्ने तथ्य तपाईँले राम्रैसंग बुझ्नु भएको छ । तसर्थ प्रचण्डको राजनीतिको चिन्ता गरेर बोल्दा सन्तुलन गुम्यो भने चिहानबाट मुर्दा उठेर तपाईको घमण्डलाई दुत्कार्ने छन् । त्यो बेला न टेक्ने, न समात्ने ठाउँ पाइनेछ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety four ÷ forty seven =