माओवादी नेता वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै !

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ । जन्डिसका कारण राजधानीको सुमेरु अस्पतालमा दुई दिनदेखि उपरचाररत पुनलाई बुधबार बिहान बैंकक लैजान लागिएको बताइएको छ ।

पुनको पारिवारिक स्रोतका अनुसार जन्डिसको समस्या बढेपछि बैंकक लैजाने निर्णय भएको हो । उनको यसअघि पनि बैंककमा उपचार गरिएको थियो ।

सांसदसमेत रहेका पुन लामो समयदेखि जन्डिसबाट पीडित रहेको र त्यसको उपचारका लागि उनलाई बैंकक लान लागिएको हो ।

पुनलाई २०७२ सालमा पनि बैंककमा उपचार गरिएको थियो । त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए । त्यसपछि पुनले नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए ।

तर पछिल्लो दुई वर्ष भने उनी को,भिड-१९ महा,मारीका कारण फलोअपमा जान नसकेको बताइएको छ ।

दुई दिनदेखि सुमेरु अस्पतालमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि बैंकक लैजान चिकित्सकले सुझाएको पारिवारिक स्रोतले जानकारी दियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = 16