प्रचण्ड राजनीतिका किङ मेकर हुन, देश नै उनको वरीपरी घुमेको छ : भिम उपाध्याय

सिर्षक अनुसारको कुरा भिडियोमा छ ।

मिल्यो मन्त्रालयको भागबन्डा, कांग्रेसलाई ७, माओवादी र समाजवादीलाई ६–६  कुन दलले कुन मन्त्रालय पाउने भए ?
काठमान्डौं । प्रधानमन्त्रीमा मनोनित भएको दुइ महिनाभन्दा बढी भइसक्दासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेर प्रतिपक्षी दल एमालेको चको आलाचना खेपि रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अव भने सरकार विस्तार गर्ने तयारीलाई अन्तिममा पुर्‍याएका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरू अबको केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्न तयार भएपछि देउवालाई केही रातह मिलेको हो ।

नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रशिक्षणका लागि शनिबार जनकपुर पुगेका अध्यक्ष प्रचण्डले १–२ दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका छन् । उनले बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद् विस्तार नअड्किएको पनि बताए ।

यसअघि, एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि शनिबार नै मीनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिनेक्रममा यही सातामा मन्त्रिपरिषद् हुने बताएका थिए ।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पनि छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारी भएको थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। सरकारलाई पूर्णता दिन दलहरूबीचमा मन्त्रालयको पनि भागबण्डा टुंगिएको छ।

पछिललो समय सत्ता गठबन्धनले टुंग्याएको भागबन्डा अनुसार नेपाली कांग्रेसले ७ र गठबन्धनका अरू दलले ६–६ वटा मन्त्रालय पाउने गरी भागबण्डामा सहमति भएको बुझिएको छ । ५ दल सहभागी गठबन्धनमा राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने यसअघि नै घोषणा गरिसकेको छ।

समाचार स्रोतका अनुसार आकर्षक मन्त्रालय पनि सबै दललाई समान हुने गरी भागबण्डा मिलाइएको छ । एकीकृत समाजवादीले पाउने ६ वटा मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, उद्योग वाणिज्य तथा आपूर्ति र महिला बालबालिका तथा ज्‍येष्ठ नागरिक मन्त्रालय छन् ।

हाल कांग्रेसबाट प्रधामन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्की र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

2 + five =