मन्त्री बन्ने लाइनबाट बाहिरिए नारायणकाजी, यी हुन् माओवादीका सम्भावित मन्त्रीहरु

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने इच्छा देखाएका नेता श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिएका हुन् ।

सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रको भागमा १ राज्यमन्त्रीसहित ६ मन्त्री परेको छ । माओवादीबाट २ जना यसअघि नै मन्त्री बनिसकेकाले अब उसको भागमा १ राज्यमन्त्रीसहित ४ जनाको भाग छ ।

जसमा मन्त्री बन्ने इच्छा जाहेर गर्नेमा पूर्वउपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ पनि थिए । तर प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री पद नै नराख्ने निर्णय गरेपछि नेता श्रेष्ठ मन्त्रीहुने लाईनबाट बाहिरिनु परेको हो।

यतिबेला माओवादी केन्द्रमा मन्त्रीको नाम टुङ्ग्याउन आन्तरिक छलफल भइरहेको छ । पछिल्लो जानकारी अनुसार हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किरातीमध्येबाट २ जना मन्त्री बन्नेछन् ।

त्यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्येबाट एकजना मन्त्री बन्ने पक्का छ । त्यस्तैगरी मधेस कोटाबाट मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको सम्भावना बलियो छ । उनीहरुले कुन मन्त्रालय पाउने भन्ने यकिन हुन भने बाँकी नै छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty four + = 36