काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफूलाई बालुवाटारको बन्दी बनाएको आरोप लगाएका छन् । साथै, उनले बालुवाटारबाट आफू वाक्क भएको अनुभव सुनाएका छन् ।
माओवादीको प्रदेश सम्पर्क समितिलाई सम्बोधन गर्दै शनिबार प्रचण्डले भने, ‘बिहानै बालुवाटार, बेलुकै बालुवाटार, म वाक्क भएको थिएँ ।’
आफू माओवादी जनयुद्धको कमाण्डर भएको स्मरण गर्दै प्रचण्डले अगाडि भने, ‘माओवादी आन्दोलनको, जनयुद्धको कमाण्डर दिनदिनै जनयुद्ध, संघीयता र धर्मनिरपेक्षता विरोधी केपी ओलीसँग भेट्न जाँदा मलाई कस्तो भयो होलारु म मौकाको पर्खाइमा थिएँ ।
जब ओलीले प्रतिनिधिसभा विघटन गरिदिए, म मुक्त भएजस्तो लाग्यो ।’
Facebook Comments Box