प्रचण्ड र विप्लव मिलेर फेरि नयाँ जनयुद्ध गर्ने घोषणा ! प्रतिगमनलाई धुलोपिठो बनाईने

काठमाडौं । पछिल्लो समय निकै निराशावादी अभिव्यक्ती दिदैं आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेत्रविक्रम चन्द विप्लव लगायत पूर्वमाओवादीहरुसँग मिलेर नयाँ जनयुद्धको खोजीमा रहेको सार्वजनिक घोषणा गरेका छन् ।

पछिल्लो समय प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धीलाई घेरा हाल्ने, सखाप पार्न खोजिएको भन्दै त्यसको प्रतिरोध गर्न नयाँ जनयुद्धको खोजीमा रहेको उनको भनाइ छ ।

शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, पोहोर सालदेखि माओवादीलाई घेरा हाल्ने र परिवर्तनलाई तोड्न खोजेका छन् ।

फेरि नयाँ जनयुद्ध गर्नुपर्छ । म हाम्फालेको छु । हतियार र हिंसाबाहेकको नयाँ जनयुद्धको खोजीमा छु । प्रतिक्रियावादीले यसरी घेरा हाल्ने र सखाप पार्न खोज्ने हो भने लाखौं जनता सडकमा ल्याएर लड्नुपर्ने उनको भनाइ छ ।

सबैले आ–आफ्नो समीक्षा गरौं । समाजवादी आन्दोलनमा इमान्दार भएर लाग्ने हो भने यो देशको मुख्य शक्ति, निर्णायक बनेर हिँड्न सक्छौं । त्यसका लागि हामी सुध्रिन पर्छ, उनले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × one =