काठमाडौं। नेकपा एमालेका युवा नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काभ्रेमा आफूसँग निर्वाचनमा प्रतिस्पर्धा गरी विजयी हुन चुनौती दिएका छन। शिक्षक सङ्गठन काभ्रेले आयोजना गरेको बृहत् जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै पूर्व मन्त्री बास्कोटाले प्रचण्डलाई आफुमाथि र प्रचण्ड माथि लागेका आरोपहरुबारे निष्पक्ष छानबिन गर्न तयार रहन चुनौती दिए ।
‘२०६४ साल गई सके अध्यक्ष प्रचण्ड, सक्नुहुन्छ भने सङ्घीय निर्वाचनमा क्षेत्र नम्बर २मा म सँग प्रतिस्पर्धा गर्नुस्’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘आरोप लगाउँदैमा हुँदैन तपाई र म दुवैको निष्पक्ष छानबिन गर्न तयार हुनुस।’ बाँस्कोटाले माओवादी पार्टीले राजनीति रुपमा काग्रेंसको पुच्छर समातेर समावजाद ल्याउँछु भन्दै आत्महत्या गरिसकेको बताए ।
‘भौतिक रूपमा हिटलरले आत्महत्या गरे जस्तो अध्यक्ष प्रचण्ड तपाई नगर्नुस तर तपाईँको पार्टीले आत्महत्या गरिसकेको छ’–पूर्व मन्त्री बास्कोटाले भने– ‘काँग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोज्दैमा समाजवाद आउन सक्दैन ।’बाँस्कोटाको भनाई थियो । ‘श्रीमान् प्रचण्ड काभ्रेमा चुनाव ल’ड्न आउनुस्, तथ्यमा बहस गर्नुस्, बैक लु’ट्नेहरू, विद्यालय, स्वास्थ्य चौकी, पुल प’ड्काउनेहरूले लगाएको आ’रोपका सन्दर्भमा फेस टु फेस बहस गर्न तयार छु’–पूर्व मन्त्री बास्कोटाले भन्नु भयो–‘तथ्य र आधार हिन आरोप लगाउँदै नहिँड्नुस् ।’
केही दिन एकीकृत माओवादीले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले गोकुल बास्कोटाको नाम नलिई बास्कोटाका बारेमा आलोचना गरेका थिए । पूर्व मन्त्री बास्कोटाले नेकपा एमाले राष्ट्रियताका सवालमा प्रस्ट भएकाले गठब’न्धनमा रहेका दलहरूलाई एमसिसी पास गरेर देखाउन चुनौती दिएका छन ।