काठमान्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मूख अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन र उत्पादकत्व बढाउन जरूरी रहेको बताएका छन् ।
‘समाजवाद उन्मूख अर्थतन्त्रको बनाउन कृषि उत्पादकत्व बढाउन सके उद्योग चल्न सक्छन् । नेपाललाई औद्यौगिकीकरण उन्मूख बनाउन देशलाई कृषिमा आधुनिकीकरण र व्यवसायिकीकरण तर्फ अघि बढ्नु पर्छ,’ अलिख नेपाल किसान महासंघको पूर्ण बैठकमा प्रचण्डले भने ।
विदेशबाट आयातित उद्योग र आयातित मेसिनबाट राष्ट्रलाई आत्मनिर्भर बनाउन नसकिने उल्लेख गर्दै प्रचण्डले भने, ‘ कृषि उत्पादन वृद्धि, कृषिमा व्यवसायीकरण विना सम्भव छैन । हामी धान, मकैमा आत्मनिर्भर छौं । आत्मनिर्भर नभएको ठाउँमा पनि आत्मनिर्भर बन्दै गएका छौं ।
अब कृषि क्रान्तिको आवश्यकता छ । कृषि क्रान्ति बिना देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सक्दैनौं ।’