भर्खरै डडेलधुरामा बस पल्टियो, १६ जना घाइते !

कैलाली । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । घा,इतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

आज बिहान ब्रेक फेल भएर बस नालीमा पल्टिएको थियो । सडकमा उत्तानो परेको बसका कारण केहीबेर सडक अवरूद्ध भएको थियो ।

अहिले भने सडक खुलाइसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = thirty two