दसैँको मुखमा बढ्यो कुखुराको मासुको मूल्य, प्रतिकिलो ३४० पुग्यो !

काठमाडौं । दसैँको मुखमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । असोज पहिलो सातामा कुखुराको तयारी मासुको मूल्य घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको थियो ।

जुन, अहिले बढेर प्रतिकिलो ३४० रुपैयाँसम्म पुगेको हो ।

मासु व्यवसायी संघका अनुसार यो साता कुखुराको मासुको मूल्यमा दोस्रो पटक वृद्धि भएको हो ।

दसैँको मुखमा उत्पादन घटेकाले मूल्य बढेको संघले जानकारी दिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy nine − seventy four =