काठमान्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा राजतन्त्र चाहिने बताएका छन् । बिजयादशमीका अवसरमा उनले एक संदेश जारी गर्दै भनेका छन् :
‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं ।’
अहिलेको राजनीतिक व्यवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका पूर्वराजा शाहले कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त भन्दै प्रश्नसमेत गरेका छन् ।
उनले शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण, प्रशासनिक र राजनीतिक पेशाले सीमित व्याक्तिलाई फाइदा पुर्याउने र न्यायीक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।
उनले देशको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म-संस्कृति संकटमा पार्ने,
राष्ट्रहितमा केन्द्रित हनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्रिय सु्रक्षा स्वार्थमा चुनौती थपिएकाले आफ्नो मन पोलेको उनले बताएका छन् ।