काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा नेता भित्र्याउन लागेका छन् । उनले माओवादीकै पूर्व नेता फर्काउने भित्री तयारी तिव्र बनाएका हुन ।
उनले ठूला ठूला मान्छेहरु फर्कन लागेको दावी समेत सार्वजनिक गरेका छन् । गत सोमबार पार्टीनिकट नेपाल बुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही ठूला नेताहरु पार्टीमा फर्कन लागेको दाबी गरेका थिए ।
प्रचण्डले आउने चुनावमा माओवादी एक नम्बर पार्टीमा स्थापित हुने दावी गर्दै केही ठूला नेता माओवादीमा फर्किन लागेको दावी गरेका हुन् । उनले केही पार्टीसँग एकीकरणको पनि कुरा चलेको बताए । उनले सो पार्टीसँगको एकीकरणको लागि वार्तामा जान लागेको पनि बताए ।
‘माओवादीमा ठूला ठूला मान्छे फर्किँदै छन् तर म अहिले नाम भन्दिनँ’, प्रचण्डले भने, ‘अहिले एउटा पार्टीसँग एकताको कुरा चलिरहेको छ । म त्यसका लागि अहिले वार्ता गर्न जाँदैछु ।’
प्रचण्डले उहिले एमालेमा विचार नभएको समेत दावी गरेका छन्। मदन भण्डारीको ठाउँमा ओलीलाई स्थापित गर्न लागेको आरोप उनको छ ।
उनले अबको मुख्य प्रतिस्पर्धा ओलीसँगै हुन बताउँदै उनले ओलीलाई माक्र्सवाद विरोधी करार गर्ने व्यवस्थित योजना ल्याउन पनि पार्टीनिकट बुद्धिजिवीहरुलाई आग्रह गरे।