काठमान्डौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पकड बलियो बनाउदै लगेको छ । यही क्रममा जुम्ला जिल्लाको पूरै एमाले नेकपा एकीकृत समाजवादीमा विलय भएको छ । कुल ६१ जना जिल्ला समिति सदस्यमा ५८ जना एकीकृत समाजवादीतिर ढल्किएका हुन् ।
दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्यले मात्र एमालेमै बस्ने निधो गरेसँगै एमालेको पूरै भाग एकीकृत समाजवादीमय भएको हो । नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु मात्रै रहेको बताइएको छ ।
जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन् ।
यसअघि जुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर रोकायाले प्रदेश निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत गरिसकेका छन् ।
धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले यसअघि निष्काशन गरिसकेको थियो । योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति कर्मचारी संगठन माओवादी केन्न्द्र माओवादी केन्न्द्र त्रिवि मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ।
०७४ को निर्वाचनमा जुम्लामा एमालेले अध्यक्षमा १, उपाध्यक्षमा १ र १७ वटा वडामा वर्चश्व कायम गरेको थियो । जसमध्ये अध्यक्ष जितेका तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी आफु एमालेमै रहेको जानकारी दिए ।
यस्तै उनको वडा तहका जितेका वडा–३ वडामा कालीबहादुर रावत, ३ मा सिंह बुढा, ४ मा सन्तबहादुर शाही पनि एमालेमै रहेका छन् ।