काठमाडौं । दसैंमा बन्द रहेका सरकारी कार्यालय आजदेखि सुचारु भएका छन् ।
दसैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरु खुलेका हुन् । दसैंका अवसरमा फुलपातिदेखि हिजो एकादशीसम्म ५ दिन सार्वजनिक बिदा थियो ।
दशैं बिदा सकिएसँगै विभिन्न जिल्लाबाट कर्मथलो संघीय राजधानी काठमाडौं फर्कनेहरुको संख्या बढेको छ ।
दसैंमा सुनसान बनेको काठमाडौं उपत्यका बिदाको अन्त्यसँगै पुनः लयमा फर्किदै छ ।
दसैंको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टिका जमरासहित आशिर्वाद लिने क्रम जारी रहने छ ।
टीकाका दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।
Facebook Comments Box