भर्खरै बैतडीको ढुंगाड बस्तीमा सेतीको बाढी पस्यो- करिब ६० जना उद्धारको पर्खाइमा !

बैतडी । बैतडीको सिगास गाउँपालिका-५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेको छ । बस्तीको दायाँबायाँबाट बाढी पसेर टापु बनाएको छ ।

१०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको वडाध्यक्ष रामबहादुर धामीले बताए । उनका अनुसार राति धेरै स्थानीय भागेर ज्यान बचाउन सफल भएका छन् । ६० जना जति अहिले पनि फसिरहेको उनले जानकारी दिएका छन् ।

उद्वारका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको उनले बताए । टापुमा फसेकाहरू अहिलेसम्म सुरक्षित रहेको तर खतरामा रहेका खबर पाएको उनको भनाइ छ ।

सोमबार राति नै प्रहरीको टोली त्यहाँ गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ७र८ घण्टा बढी हिँड्नपर्ने भएकाले पुग्न ढिलो भएको बताए ।

अहिले स्थानीय फसेको खबर आए पनि यकिन विवरण भने नआएको उनले जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

2 ÷ = one