देशभर बाढीपहिरोमा मृ-त्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहीन !

काठमाडौँ । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृ,त्यु भएको छ ।

गृहमन्त्रालयबाट बुधबार बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बे,पत्ता भएका छन् । विपद्मा परेर २२ जना घा,इते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृ,त्यु अझै बढ्ने देखिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृ,त्यु भएको उनले जानकारी दिइन् ।

उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताइन । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ ।

नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भू-भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

बुधबार दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, वाग्मती, गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = 27