पत्नी सीतालाई लिएर सुकुटे पुगे प्रचण्ड, सुनकोसीमा र्‍याफ्टिङ पनि गरे !

काठमान्डौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार अपरान्ह सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

बि,रामी पत्नी सीता दाहाल र नातिनातिनीसहित उनी बिहीबार अपरान्ह ४ बजेको समयमा आराम गर्न सुकुटेस्थित भोटेकोसी रिसोर्ट पुगेका हुन्।

सुकुटे पुगेका उनले सुनकोसीमा र्‍याफ्टिङ पनि गरेका छन्। प्रचण्डले ज्वाईं जीवन आचार्य र उनकी छोरीलाई पनि लगेका छन्। त्यस्तै पु,त्र स्व,र्गी,य प्रकाश दाहालका छोरालाई पनि प्रचण्डले सुकुटे लगेका छन्।

उनको साथमा छोरीहरू रेणु र गंगा भने नरहेको बताइएको छ। पार्किन्सन रोगसँग जुधिरहेकी सीतालाई राहतका लागि प्रचण्डले सुकुटे लगेका हुन्।

राजनीतिक तनाव चुलिएपछि प्रचण्ड यसअघि पनि यसैगरी सुकुटे रिसोर्टमा गएर आराम गर्ने गरेका थिए।

प्रचण्डलाई साथ दिन सिन्धुपाल्चोकस्थित केही माओवादी नेता पनि पुगेका छन्। वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखासहितका नेताहरु साथमा छन्।

उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × two =