काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् ।
नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् ।
साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए ।
काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो ।
जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।
यो पनि पढ्नुहोस:
न्यादी हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) बाँडफाँड गरेको छ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गरेको हो।
आईपीओका लागि २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए। त्यसमध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो।
बाँकी २२ लाख ४१ हजारमध्ये दुई लाख नौ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ।
न्यादी हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। निष्काशित शेयरमध्ये १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र ४५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको थियो।
बाँडफाँडको नतीजा ग्लोबल आइएमई क्यापिटल र मेरो शेयर मार्फत हेर्न सकिन्छ।