प्रचण्डलाई प्रभु शाहले पठाए संदेश: ‘अफ्ठ्यारोमा परियो, गल्ति भयो, माओवादीमै फर्किन्छु’

काठमाडौं । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज भएपछि नेकपा माओवादी केन्द्र छाडेर केपी ओली नेतृत्वको एमालेमै बसेका नेता प्रभु साह माओवादीमै फर्किने सुरसार गरेका छन् ।

एमालेमा आफूले भनेअनुसार नभएको भन्दै पछिल्लो समय ओलीसंग रुष्ट बनेका शाह पुनः माओवादी केन्द्रमै फर्किने तयारी थालेको बताइएको छ।

आफूले संचालन गरेको आइटी आर्मी नामक संगठनका कार्यकर्ताहरू माओवादीमै फर्किएको र एमालेमा भनेजस्तो अवस्था नबनेकोले शाह माओवादी केन्द्रका नेताहरूको सम्पर्कमा आएर खुमलटारलाई संदेश पठाएको बुझिएको छ ।

एक नेताका अनुसार पहिले प्रचण्ड मुक्त देश बनाउने घोषणा गरेकाले उनले प्रचण्डसँग सिधा कुरा गर्न सकेका छैनन् त्यसैले नेताहरूमार्फत संदेश पठाएका छन् ।

नेकपा खारेजीपछि केही समय माओवादी केन्द्रमै रहेका शाह तत्कालीन प्रधानमन्त्री ओली सरकारमा सामेल भएर सहरी विकास मन्त्री बनेका थिए । अहिले उनी एमालेमा पनि सक्रिय छैनन् ।

खासगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले शाहको मुद्दा सुनुवाई नगरी वेवास्ता गरेको उनले आरोप लगाउँदै आइरहेका थिए । त्यसयता शाहले आइटी आर्मी नामक संगठनलाई अलग्गै पार्टी बनाउने अभियान समेत थालेका थिए ।

आइटी आर्मी मार्फत उनी राजनीतिक गतिविधि गर्नुका साथै तराईका जिल्लाहरूमा शक्ति प्रदर्शन समेत गरिरहेका छन् । नयाँ पार्टी बनाएर जान पनि कठिन भएको भन्दै उनकै संगठनका नेताहरूले बैठकमा बताएपछि शाहले पछिल्लो समय ओलीसंग छलफल गरेका थिए ।

तर ओलीको कुरामा पनि उनकै संगठनका नेताहरू बिश्वस्त हुनसा सकेका छैनन् ।साहका साथमा माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरु विस्तारै माओवादी केन्द्रमा फर्किन थालेका छन् ।

नेताहरु विस्तारै माओवादी केन्द्रमा फर्किन थालेपछि प्रभु साहमाथि माओवादी केन्द्रमै फर्कने दबाब बढेको छ । उनले पार्टीमा उचित स्थान दिनका लागि नेताहरूमार्फत संदेश पठाएको बुझिएको छ। केन्द्रीय सदस्य पद पाए पनि उनी माओवादी केन्द्रमा फर्किने मुडमा रहेको उनका निकटस्थ नेता बताउँछन् ।

तराइमा माओवादी केन्द्रमा मधेसभित्र मातृका यादव र प्रभु साहले छुट्टाछुट्टै गुट चलाइरहेका थिए । उनीहरुको गुटबन्दीले मधेसमा पार्टीसमेत कमजोर भएको थियो । उनीहरु बीचको टकरावका कारण अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चिन्तित थिए ।

माओवादी केन्द्रबाट मातृका यादव केही समय अलग हुँदा मधेसमा प्रभु साहको एक्लै साम्राज्य थियो । अहिले त्यो माहोल पनि बिग्रिएको बताइन्छ । तर प्रभु शाहले सबै बाटोमा अफ्ठ्यारो देखेपछि माओवादीमा फर्किने मूड बनाएको चर्चा माओवादीभित्र चल्न थालेको छ । स्रोतका अनुसार पछिल्लो समय नारायणकाजी श्रेष्ठले प्रभु साहलाई पार्टीमा ल्याउन पहल गरेका छन् ।

अध्यक्ष प्रचण्डसँग संदेश पुगेपनि प्रचण्डले भने यसबारे खासै चासो नदिएको बुझिएको छ। माओवादी छाडेपछि शाहले सबैभन्दा कडा विरोध प्रचण्डकै गरेका थिए । माओवादी केन्द्र र पार्टी अध्यक्ष प्रचण्डको सबभन्दा बढी विरोध गर्ने प्रभु साह नै हुन् । माओवादी केन्द्र खारेज हुनुपर्छ भन्दै अदालतमा मुद्दा दायर गर्ने उनै हुन् । त्यतिमात्र होइन प्रचण्डमुक्त नेपाल बनाउने भनि भाषण गर्ने उनै हुन्।

स्रोतका अनुसार केहि नेतामार्फत शाहले आफू माओवादीमै फर्किन चाहेको र त्यसका लागि माहोल बनाइदिन आग्रह गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = one