देशभरका एमाले वडा अधिवेशनको ओलीले भर्चुलअ माध्यमबाट उद्घाटन गर्दै !

काठमान्डौं । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर वडा अधिवेशन हुन लागेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

इन्टरनेटको सुविधा भएका वडामा ‘डिस्प्ले’ गरिने भएको छ। उद्घाटन सँगसँगै अध्यक्ष ओलीले देशभरका वडा अधिवेशनमा सहभागीलाई सम्बोधन गर्ने भएका छन्।

यसको तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। तर, बाढी र पहिरो प्रभावित जिल्लामा भने एमाले वडा अधिवेशन पछि हुने भएको छ।

त्यस्तै, एमालेको स्थानीय तहको अधिवेशन ९ कात्तिकमा हुने भएको छ। वडा अधिवेशनपछि स्थानीय तहको अधिवेशन गरिनेछ।

यससँगै एमालेको महाधिवेशन १० देखि १२ मंसीरसम्म चितवनमा हुने भएको छ।

त्यसमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न ११ कात्तिकमा स्थायी कमिटी र १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाइएको तामाङले बताए।

महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गर्ने एमालेको तयारी छ।

शुक्रबारको एमालेको स्थायी कमिटीको बैठकले महाधिवेशनका लागि रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

86 ÷ = forty three