प्रचण्ड धुलिखेलको जिपलाइनमा सरर रमाएका भाईरल तस्बिरहरू (हेर्नुहोस)

काठमाण्डाै ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिनुभएको छ ।

पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुग्नुभएका अध्यक्ष दाहालले क्लासिक जिपलाइनको अनुभव लिनुभएको हो । साहसिक गतिविधिमा आफूलाई रूचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको मज्जा लिएको बताउनुभयो ।

पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उहाँको भनाइ छ । सिन्धुपाल्चोकका केदार थापा काठमाण्डाैका भूपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चर प्रालिमार्फत धुलिखेलमा जिपलाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याउनुभएको थियो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेशन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।

भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाण्डाैबाट झन्डै ३५ किलोमिटर दुरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रूपमा सुरु भएको हो ।

 

अन्तिम अपडेट: कात्तिक ६, २०७८

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety ÷ = 9