काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् ।
आइतबार काठमाडौंमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई नै अपराधी साबित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका हुन् ।
प्रचण्डले जातीय विभे.दका लागि भएका वि,द्रोहलाई समेत बदनाम गराउन खोजिएको बताए ।
दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफूले अनेक आरोप खेप्नुपरेको उनको भनाइ छ ।
प्रचण्डले जा,तीय विभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै द,लितसँग प्रेम गरेको आरोपमा मारिनुपर्ने घट,ना दुर्भा,ग्यपूर्ण रहेको धारणा राखे ।
संघीय लोकतन्त्रीक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मुलधार भनिने पार्टीहरुले अझैपनि पुरातन सोचमा नै रहेको उनको तर्क छ ।
कार्यक्रममा ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण गरिएको थियो ।