माओवादी कार्यकर्ताको दाबी : मलाई झुक्क्याएर एमालेको वडाध्यक्ष बनाइयो

काठमाडौं । नेकपा माओवादीका एक कार्यकर्ताले आफूलाई झुक्क्याएर नेकपा एमालेको वडा अधिवेशनमा वडाध्यक्षमा मनोनयन गरेको भन्दै आपत्ति प्रकट गरेका छन्।

। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ का रुद्र सापकोटालाई सिन्धु एमालेले वडाध्यक्षमा चयन गरेको थियो।

वडा ४ को वडाध्यक्षमा चयन गरेपछि सापकोटाले एव विज्ञप्ति जारी गरेर आफूलाई झुक्क्याएर वडाध्यक्ष बनाएको आरोप लगाएका छन्। आफूलाई छलफलका छ भनी बोलाएर वडाध्यक्षमा मनोनयन गरेको उनले बताएका छन्।

सापकोटाले एमालेप्रति आफ्नो कुनै आस्था र विश्वास नरहेको पनि प्रस्ट पारेका छन्। उनले आफूले हालै नवीकरण गरेको माओवादीको सदस्यतासमेत सार्वजनिक गरेका छन्।

‘तपाईसँग छलफल छ भनी बोलाएर त्यहाँ मलाई वडा कमिटी अध्यक्ष बनाएता पनि उक्त पार्टीप्रति मेरो कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु।

साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन नेकपा माओवादी केन्द्रको सदस्यता यसअघि नै नै नवीकरण गरिसकेकोले सम्पूर्ण वडावासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty four ÷ twelve =