जनयु-द्धमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान बनिन सामाजिक विकास मन्त्री !

हेटौंडा । १६ वर्षको उमेरमा जन,यु,द्धमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनेकी छिन् ।

नेकपा माओवादी केन्द्रबाट मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यस अघि दुई पटक सांसद भइसकेकी छिन् ।

उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

तत्कालिन नेकपा माओवादी शान्ति सम्झौता मार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनित भएकी थिईन् ।

उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् ।

हाल नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रहेकी मोक्तान नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको उपनेता पनि हुन् ।

मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् ।

एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन् ।

तत्कालिन नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरे लगत्तै उनी विद्यालय शिक्षा छाडेर यु,द्धमा होमिएकी थिईन् । मोक्तान मकवानपुरकी जुझारु महिला नेतृ हुन् ।

हेटौंडा १३ पदमपोखरी स्थित ठुल्थलीमा जन्मिएकी उनी बुवा सानुकान्छा र आमा तीर्थमायाको जेठो सन्तान हुन् ।

४२ वर्षीय मोक्तानको तीन दिदी बहिनी र दुई भाइ छन् । मोक्तान दश वर्षको हुँदा उनको बुवाको नि,धन भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × one =