काठमाडौँ । नेपाल बार एसोसियसन परिसरमा सहकर्मी कानुन व्यवसायीको कु”टा’इ खाएका अधिवक्ता भूमिनन्द चुँडालले न्यायालय सुधारका लागि राजतन्त्र आउनैपर्ने बताएका छन्।
सहकर्मी वकिल विराट न्यौपानेको ला’त्ती मु”क्का भे’टेका चुँडालले पत्रकारहरुसँग कुरा गर्ने क्रममा राजतन्त्र नआइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कसैले हटाउन नसक्ने पनि बताए।
प्रधानन्यायाधीशसम्बन्धी विवादका क्रममा उनी सर्वोच्च अदालतमा बहस अघि बढाउनुपर्ने पक्षमा थिए। सुनुवाइ अघि नबढाइ प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने पक्षमा रहेका न्यौपानेले कु”टे’पछि चुँडाल आक्रोशित मुद्रामा प्रस्तुत भए।
‘हाम्रो देशमा गणतन्त्र अन्त्य भइसक्यो, राजतन्त्र आउँछ आउँछ’, उनले झ्वाँक्किँदै, रुन खोज्दै भने, ‘राजतन्त्रबिना प्रधानन्यायाधीश हट्दै हट्दैनन्।’
कु’टाइ खाने र कु’ट्ने दुवैजना वकिलहरु सत्तारुढ नेपाली कांग्रेसनिकट मानिन्छन्। चुँडालले बार एसोसिएसनको नेतृत्वलाई पनि द’ला’लको संज्ञा दिए।
आ’क्रोशित भएका उनले बारबाटै कानुनव्यवसायीहरु अन्यायमा परिरहेको पनि गुनासो पोखे। उनले रुन खोज्दै भगवान पशुपतिनाथ पुकार्दै, ‘राजतन्त्र आउनै पर्छ, राजतन्त्र नल्याई छोड्दै छोड्दिँन।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरालाई हटाउने नहटाउने विवाद चलिरहेका बेला वकिलहरु पनि कु’टाकु’टमा उत्रिएका हुन्।
चुडाल प्रधानन्यायाधीशलाई बचाउनुपर्ने र न्यौपाने इजलास बहिष्कार गरेका १५ न्यायाधीशतर्फ उभिएका छन्। यहि विषयमा विवाद भएपछि घट,नाले उग्र रुप लिँदा दुई वकिलबीच लात्तीमुक्का हा,नाहा,न भएको हो।