काठमाडौं। आचार्य गुरु पुष्कर खतिवडाले आगामी २०८१ सालसम्म नेपालमा गणतन्त्रको समाप्ती भएर राजतन्त्र स्थापना हुने भविष्यवाणी गरेका छन् ।
उनले गणतन्त्रको नेपाली जनताको नासो नभएको बरु विदेशीहरुको पासो भएको दाबी गरे ।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनैपनि हालतमा नहट्ने बताएका छन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारले राम्रो काम गरेको सुनाए ।
उनले आफूले पनि राम्रो काम गरेकोले सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको सुनाए ।
उनले फेरि नेपालमा लकडाउन हुने पनि बताए ।
उनले कोरोना महामारीको तेस्रो लहर आईसकेको सुनाए । उनले जनता रोग र भोकले मर्ने खतरा औंल्याए ।
Facebook Comments Box