राजनीति एकाएक यसरी यूटर्न , माओवादी केन्द्रसँग एकता गर्न ४ दलको हस्ताक्षर !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ खुलासा गरेका छन्। यो खुलासाले नेकपा एमालेलाई धक्का लागेको छ। सत्तारुढ गठबन्धनमा रहेका चार पार्टीबीच आउँदो चुनावमा गठबन्धन गर्ने समझदारी भएको खुलासा गरेका हुन्।

बिहीबार चितवनमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच आगामी चुनावमा गठबन्धन हुने बताएका हुन्।

‘हामी, एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा र मोहनबिक्रम सिंहको पार्टीबीच अहिले नै गठबन्धन बन्ने कुरामा प्रतिवद्धता पनि छौँ र आधार छ’ उनले भने, ‘कांग्रेससँग जहाँ निरंकुश प्रवृत्ति, प्रतिगामी प्रवृत्ति हावी हुन्छन्। जहाँ तिनीहरु अलि बलियो छन्।

त्यो ठाउँमा हामीले कांग्रेससँग सिट एडजस्टमेन्ट गर्ने बाँकी ठाउँमा प्रतिस्पर्धा गर्ने र गठबन्धनलाई कायम राख्ने भन्ने केन्द्रीय स्तरमा समझदारी छ’ उनले भने। प्रचण्डले आउँदो चुनावमा यसरी गठबन्धन गर्न सकेमा देशको एक नम्बर मोर्चा बन्ने र राजनीतिक नेतृत्व आफूहरुको हातमा आउने बताए।

उनले पार्टीको वैचारिक, सांगठनिक स्थिति मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिए। ‘जनतासँगको सम्बन्ध मजबुत बनाउन सकेनौं भने मोर्चाबाट मात्र सफलता प्राप्त गर्न सकिँदैन’ प्रचण्डले भने।

कांग्रेसका नेताहरुले गठबन्धनमा चुनाव नलड्ने बताइरहेका बेलामा प्रचण्डले त्यसैलाई बल पुग्ने कुरा गरेपछि राजनीतिले नयाँ मोड लिएको छ।अब देशमा त्रिपक्षीय भिडन्त हुने भएको छ। आगामी निर्वाचनमा एमाले, कांग्रेस र माओवादीबीच तिब्र प्रतिशपर्धा हुने छ।

यसैगरि, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीलाई पटकपटक प्रहार गर्नेहरू आफैँ ध्वस्त भएको बताएका छन्। केही समय पहिले यही पार्टीका नेतालाई उचालेर ध्वस्त पार्न खोज्ने केपी शर्मा ओलीसहितका अवसरवादी आफैँ ध्वस्त भएको उनको दाबी छ।

जनता समाजवादी पार्टी पर्साले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जनता समाजवादी पार्टीलाई सहिदहरूले बलिदानी दिएर बनाएकाले यो पार्टी यतिकै नसकिने दाबी गरे।

व्यक्तिगत स्वार्थले पार्टी निर्माण नभएकाले अगामी निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउन संगठन विस्तार गरिने उनको भनाइ छ। उनले जनता समाजवादी पार्टीको झन्डा साधारण कपडा नभएको र यो सहिदको सपनाले बनेकोले यसलाई कमजोर नबुझ्न चेतावनी दिए।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबै वर्ग, क्षेत्र, समुदाय र लिंगलाई समेट्ने पार्टीको रूपमा जसपा नै रहेको बताए।

देशका सबै पार्टीहरूको संयुक्त प्रयासमा वर्तमान संविधान संशोधन गरी नयाँ ढंगले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन्। उनले जनता समाजवादी पार्टीप्रति दिनदिनै लहर बढ्दै आएकाले आउने दिनमा जिल्लामा पार्टीको झन् राम्रो नतिजा आउने दाबी गरे।

एमालेले जस्तो गुण्डा हैन, माओवादीले कुलमान जन्माउँछः दीपशिखास् वाइसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा माओवादी केन्द्रले देश परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीले नेतृत्वमा असम्भव मानिएको राज्य व्यवस्थासमेत परिवर्तन गरेको इतिहास ताजा रहेको पनि बताए।

अन्य पार्टी राज्य सत्ता हत्याउने प्रयासमा लागिरहेको आरोप लगाउँदै उनले माओवादीको नेतृत्व आज पनि देश र जनताप्रति समर्पित भएर जनताको हक अधिकारको पक्षमा लडिरहेको बताए।

उनले एमाले लगायतका अन्य पार्टीका नेताहरु चुनाव जित्नकै लागि कार्यकर्तालाई गुण्डा र डन शैलीमा प्रयोग गर्ने गरेको भन्दै माओवादीले भने जनार्दनजस्ता नेताहरुको नेतृत्वमा जनताको पक्षमा कुलमानजस्ता पात्र जन्माउन केन्द्रित रहेको बताए।

उनले माओवादीलाई झुक्याउन बालकोट र बूढानीलकण्ठबाट अथक प्रयास भइरहेको बेला युवाहरु वाइसीएलमा आवद्ध भएर केन्द्रीय नेतृत्वलाई खबरदारी गर्ने समय आएको पनि बताए।

माओवादीका सबै नेता तथा कार्यकर्ता एकतावद्ध भएर माओवादी आन्दोलन र इतिहास मास्न खोज्नेविरुद्ध सक्रिय रुपमा लाग्नुपर्नेमा उनको जोड थियो।

तेस्तै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले न्यायपालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताएका छन्। आइतबार नेपाली कांंग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो आरोप लगाएका हुन्।

अदालतलगायतका निकायमा राजनीतिक नियुक्ति, संविधानको भावनाविपरीत काम गर्दा यस्तो समस्या उत्पन्न भएको उनको भनाइ छ। कार्यक्रममा बोल्दै सिंहले कांग्रेस पार्टीभित्र पनि समस्या बढ्दै गएको बताए।

उनले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनुपर्ने अवस्था आएको बताए। पार्टीको नेतृत्वले हेलचेक्य्राइँ र अलोकतान्त्रिक काम गर्दा कांग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुगेको टिप्पणी सिंहले गरेका हुन्।

पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता तथा कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्ने उनको धारणा छ। पार्टीभित्रको समस्या हामीले नउठाए कस्ले उठाउँछ रु, पार्टीको समस्या हामी आफैँ समधान गर्ने हो,’ उनले भने,

‘बाटो बिराउनेलाई बाटो देखाउनुपर्दछ, आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ। पार्टीभित्रको बेथिति र विकृति अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा छ। ‘देशमा लोकतन्त्र जोगाउन पनि कांग्रेसमा विधि पद्धति जोगाउन जरुरी रहेको नेता सिंहको भनाइ छ।

नेता सिंहले नेतृत्वलाई अलमल पार्ने गरी पार्टीभित्र विकृतिहरू बढेको बताएका छन्। उनले १३औँ महाधिवेशनपछि कांग्रेस इतिहासको कमजोर अवस्था आइपुगेको बताए।अहिलेकै अवस्था कायम रहे राष्ट्रिय सभाको चुनावमा भाग लिनबाट पार्टी वञ्चित हुनुपर्ने जोखिम आएको भन्दै,

त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ।विवाद मिलाउनुपर्नेमा नेतृत्वले त्यसो गर्न सकेन, केही व्यक्तिले आफ्नो पक्षमा मत लिन धाँधली गरे,’ उनले भने, ‘सदस्याता वितरणमा केही पुराना कांग्रेसीहरूलाई अन्याय भएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 3 = four