म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतमार्फत नेकपा फुटाइयोः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तत्कालीन नेकपा पार्टी विभाजन नियोजित षड्यन्त्र रहेको बताएका छन् ।

उनले पार्टीभित्रै केपी शर्मा ओली कमजोर भइसकेको बेला आफू प्रधानमन्त्री हुने निश्चित भएको दिन अदालतमार्फत् नेकपा विभाजन गराइएको बताए ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यतिबेला आफूसँग ७५ प्रतिशत बहुमत पुगिसकेको दाबी गरे ।

तर आफू प्रधानमन्त्री हुने निश्चित हुनलाग्दा पार्टी विभाजन गराइएको बताए ।

उनले भने, ‘हाम्रो ९पार्टी एकीकरणको० सपना गलत थिएन, सही थियो । देशभरका जनताले पनि मूल्याङ्कन गरेकै थिए । तर ओली अवसरवादी भए ।

उनी नसुध्रिएपछि हामीले कारबाही गरेका हौँ । हामी उतिबेला माइतीघरमा धर्ना बस्दा ओली समूहले बिचरा भनेका थिए ।

तर पछि विशाल हुरीमा परिणत भयो र सेटिङ भत्कियो । पार्टी विभाजन भएको होइन, गराइएको थियो ।’

पार्टीभित्रैबाट ओलीको विकल्पमा आफूलाई संसदीय नेता बनाइएपछि आफू प्रधानमन्त्री हुने पक्का भएको प्रचण्डको दाबी थियो । उनले भने, ‘संसदीय दलको नेतामा मलाई चयन गरिएको थियो ।

म प्रधानमन्त्री हुने निश्चित भएकै दिन उता अदालतले दुई पार्टी दुइटा बनाइदियो ।’

नेकपा सम्बन्धी विवादमा सर्वोच्च अदालतले गत फागुन २२ गते फैसला गर्दै साविक नेकपा एमाले र एकीकृत माओवादी अलग नै रहेको, एकीकरण वैधानिक नभएको आदेश दिएको थियो ।

त्यसपछि तत्कालीन सबैभन्दा ठूलो र सत्तारुढ दल नेकपा विभाजनतर्फ लम्कियो ।

यस्तै, प्रचण्डले केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको र राजतन्त्र फर्काउने बाटोमा लागेको समेत आरोप लगाए ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर ओलीले मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने वचन दिएको समेत प्रचण्डको आरोप थियो ।

२५ सय नेता कार्यकर्तासहित माओवादी केन्द्रमा प्रबेश गर्ने बामदेब गौतमको तयारी

काठमाडौँ । कुनै पार्टीमा नरहेका तर पार्टी फेरिरहने उम्मेद्धवार हुन बामदेब गौतम । आफ्नो निर्वाचन क्षेत्रमा चुनावका दौरान नमिठो हार ब्यहोरेपछि नेपाली राजनीतिमा साख गुमाएका तर चर्चामा आइरहने पात्र हुन गौतम ।

उसो त उनको निकट नेताहरुले उनी सिद्धान्तमा अडिग ब्यक्ति हुन भन्ने गर्छन तर बामदेब गौतम भने पार्टी फेर्नमा छेपारो भन्दा कम भने छैनन । पछिल्लो समय आफ्नै राजनीतिक करिअरको ठेगान नभएका गौतमले नयाँ यात्रा तय गर्ने संकेत देखाएका छन् ।

उनी सबै कम्युनिष्ठलाई एक बनाउने भन्दै माओवादी प्रबेश गर्न लागेको सूचना हामीलाई उनी निकट स्रोतबाट प्राप्त भएको छ ।

पछिल्लो समय उनले माओवादीमा प्रबेश गरेर सबै कम्युनिष्ठ पार्टीलाई एकताको सुत्रमा बाध्ने तयारी गरेका छन । नेकपा बिप्लब, माधब नेतृत्वको नेकपा एकिकृत समाजवादी र एमालेलाई समेत एकताको सुत्रमा बाध्ने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । माओवादीमा रहेका तर अहिले छुट्टिएका पार्टीलाई समेत एकताबद्ध गर्ने गौतमको योजना छ ।

समग्रमा सबै कम्युनिष्ठ बिचारधाराका मानिसलाई एक ठाउँमा ल्याएर बृहत कम्युनिष्ठ पार्टी बनाउने गौतमको योजना छ । तत्कालका लागी उनी माओवादी केन्द्रमा प्रबेश गर्न लागेको खबर आएको छ । जततउकस्ररधधध।लबmयिपजबदबच।अयmर बाट साभार गरिएको हो ।

कुनै पार्टीमा नरहेका तर पार्टी फेरिरहने उम्मेद्धवार हुन बामदेब गौतम । आफ्नो निर्वाचन क्षेत्रमा चुनावका दौरान नमिठो हार ब्यहोरेपछि नेपाली राजनीतिमा साख गुमाएका तर चर्चामा आइरहने पात्र हुन गौतम ।

उसो त उनको निकट नेताहरुले उनी सिद्धान्तमा अडिग ब्यक्ति हुन भन्ने गर्छन तर बामदेब गौतम भने पार्टी फेर्नमा छेपारो भन्दा कम भने छैनन । पछिल्लो समय आफ्नै राजनीतिक करिअरको ठेगान नभएका गौतमले नयाँ यात्रा तय गर्ने संकेत देखाएका छन् ।

उनी सबै कम्युनिष्ठलाई एक बनाउने भन्दै माओवादी प्रबेश गर्न लागेको सूचना हामीलाई उनी निकट स्रोतबाट प्राप्त भएको छ ।

पछिल्लो समय उनले माओवादीमा प्रबेश गरेर सबै कम्युनिष्ठ पार्टीलाई एकताको सुत्रमा बाध्ने तयारी गरेका छन । नेकपा बिप्लब, माधब नेतृत्वको नेकपा एकिकृत समाजवादी र एमालेलाई समेत एकताको सुत्रमा बाध्ने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । माओवादीमा रहेका तर अहिले छुट्टिएका पार्टीलाई समेत एकताबद्ध गर्ने गौतमको योजना छ ।

समग्रमा सबै कम्युनिष्ठ बिचारधाराका मानिसलाई एक ठाउँमा ल्याएर बृहत कम्युनिष्ठ पार्टी बनाउने गौतमको योजना छ । तत्कालका लागी उनी माओवादी केन्द्रमा प्रबेश गर्न लागेको खबर आएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy = seventy three