माओवादी प्रवेश गर्नेहरुको हजारौं हजारको लहर, बहार आउन अझै बाँकी !

काठमान्डौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा ९माओवादी केन्द्र० मा पछिल्लो समय जनलहर बढेको दाबी गरिएको छ । अध्यक्ष दाहालले नै यस्तो बताएका हुन् ।

काठमाडौंको किर्तिपुरमा आयोजित चाडवाडको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् ।

हामीले राम्रो काम गरेर पनि जनतालाई माओवादीले बुझाउन नसकेको हो ।’

उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभई जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताए ।

उनले नेता लेनिनको भनाई दोहोर्याउँदै भने,‘कम्युनिष्टहरुले परसम्म जाने सपना देख्छन् । त्यसकारण सपना देख्नु जायज हो ।’ अध्यक्षले राम्रो सपना देखेर सपना पुरा गर्नको निम्ति संघर्ष गर्नु कम्युनिष्टहरुको चरित्र र विशेषता भएको बताए।

उनले भने,‘हामीले धेरै सपना देख्यौं । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पुरा भएका हुन् ।’ दाहालले आफूहरुले संविधानमा मतभेद राखेरै भएपनि जारी गरेको स्मरण गर्दै अनुकुल समयमा संविधान संशोधन गरेर जाने बताए ।

उनले भने,‘हामीले त कम्युनिष्टहरु जति सबैलाई एकतावद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने र सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको एउटा नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने भन्ने सपना देखेको हो ।’

उनले यस्तो सपना देख्नु नराम्रो नभएको बताए । त्यो सपना जायज भएको कार्यकर्ता र जनतामा आएको उर्जाले प्रमाणित गरेको अध्यक्षको भनाई थियो ।

एक अर्का प्रसंगमा उनले भने,‘अहिले फेरि माओवादी र अझ मधेशमा माओवादी प्रवेश गर्नेहरुको हजारौं हजारको लहर देखिन थालेको छ । पार्टीमा उभार आउन अझै बाँकी रहेको छ ।’

पार्टीमा उभार ल्याउनको लागि जनता कार्यकर्ता जाग्नुपर्ने उनको भनाई छ । भूमिहीन स्ववासीलाई लालपूर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धीत मन्त्रीलाई आवश्यक सुझाव दिएको अध्यक्ष प्रचण्डले बताए।

अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको उनको भनाई थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty nine − = fifty eight