देउसी टोलीलाई बसले ठक्कर दिँदा दुईको मृ-त्यु, नौ घा-इते !

काठमान्डौं । देउसी टोलीलाई बसले ठक्कर दिँदा गए राति दुई जनाको मृ,त्यु भएको छ। घटनामा ९ जना घा,इते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगर–१९ स्थित नेवारपानीमा शनिबार राति १० बजे देउसी खेल्दै हिँडेका स्थानीय पैदल यात्रुलाई हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिएको हो।

बसको ठक्करबाट मृ,त्यु हुनेमा हेटौंडा–१९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी निवासी ३४ वर्षीय प्रेमबहादुर सिं ठकुरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नौ जना घा,इतेहरुमध्ये एक जना सामान्य उपचारपछि घर फर्किसकेका छन्। आठ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घा,इ,तेहरुमध्ये हाल पाँच जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल र ३ जनाको भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक जयश्वर रिमालले बताए।

घ,ट,नापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।

आगजनीका कारण बस पूर्ण रुपमा ध्वस्त भएको छ। सडकमा बस आगजनीका कारण केही घण्टा राजमार्ग अवरुद्ध भएको थियो। डिएसपी रिमालका अनुसार हाल राजमार्ग पूर्ण सूचारु छ।
चालक र स्थानीय पक्राउ दु,र्घ,ट,नापछि प्रहरी टोलीले बस चालक र एक स्थानीयलाई प,क्रा,उ गरेको छ।

मकवानपुर प्रहरी प्रवक्ता रिमालका अनुसार बस चालक रौतहट चन्द्रपुर नगरपालिका–६ बस्ने ३८ वर्षीय अमितकुमार कार्की र घ,ट,नापछि बसमा आगजनी नियन्त्रण र राजमार्ग खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुडा गर्ने हेटौंडा–१९ निवासी ३२ वर्षीय सुनिल ठकुरी पक्राउ परेका हुन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × 7 =