काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाएका छन् ।
पूर्व राजा शाहले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।
शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए ।
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ । टीकापछि पूर्व राजा शाहले आफ्नो फेसबुक वालमा सामुहिक तस्वीर सार्वजनिक गरेका छन् ।
एमसीसी पास गर्छौ भनेर होइन, पास हुँदैन भनेर चिठी लेखेका हौँः प्रचण्ड
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी पास हुन नसक्ने प्रष्टिकरण दिएका छन् ।
इन्द्रेणी साँस्कृतिक टोलीसँगको देउसी भैलोमा अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रिय सहमति र एकताबिना पारित नहुने बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी पास गर्छौ भनेर चिठी लेखेको बताएका थिए ।
त्यसपछि एमसीसी प्रकरण फेरि चर्चामा आएको हो ।
‘प्रधानमन्त्रीजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डले र मैले चिठी पठाइसकेका छौँ भनेर । देशैभरी साथीहरुमा तरंग पैदा भएको छ ।
हामीले त्यस्तो चिठी पठाएका होइनौँ, पछि प्रधानमन्त्रीजीले पनि त्यस्तो भनेको होइन भनेर सच्याउनुभएको छ ।
उनले भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नभई हामीले यसलाई पारित गर्न सकिँदैन ।
त्यसको निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौ, समस्या कहाँ छ, भनेर त्यसको निदानको उपाय निकाल्छौँ भनेर चिठी लेखेका हौँ । हामी पास गर्छौ भनेर चिठी लेखेको होइन ।’
अध्यक्ष प्रचण्डले गठबन्धन राम्रैसँग अगाडि बढ्ने समेत बताए ।