चितवन घटनाको एक वर्ष पछि आयो फैसला: रञ्जनालाई कैद, २१ लाख रविको परिवारलाई फिर्ता दिनुपर्ने (भिडियो हेर्नुस्)

काठमाडौ । चितवनको रवि रुवाली र रञ्जना मैनालीको घटनामा अदालतले एक वर्ष पछि फैसला सुनाएको छ । अदालतले रञ्जनालाई दो षी ठहर गरेको छ । साथै रविको परिवारलाई उनले लिएको पैसा पनि फिर्ता तिर्नु पर्ने फैसला सुनाएको छ । रवि रुवालीको बुवाले अदालतको यो फैसलाले आफुहरुले आंशिक न्याय पाएको बताए ।

आफुहरुले ५ वर्ष कै द हुनुपर्ने माग राखेको भएपनि अदालतले २३ दिनको कै द मात्र फैसला सुनाएको बताएका छन् । गएको १९ गते भएको फैसलाले रञ्जनालाई दोषी ठहर गरेको थियो भने २८ गतेको फैसलामा रञ्जनालाई कै द सजाय सुनाएको छ ।

रञ्जनाले रविको घरवाट अध्ययनका लागि खर्च गरेको रकम पनि फिर्ता पनि गर्नुपर्ने भएको छ । रविको बुवाले ५० लाख रुपैया लगानी गरेको दावी गरेका थिए तर अदालतले २१ लाख र त्यसमा लाग्ने ब्याज पनि तिर्नुपर्ने बताएका छन् । रविसंग विवाह भएपछि रञ्जना अष्ट्रेलिया पढ्न गएकी थिइन् । त्यती बेला अष्ट्रेलियामा पढ्न लाग्ने सबै खर्च रविको वुवाले गरेको बताएका छन् ।

अदालतले रञ्जनालाई २३ दिनको कै द सुनाएको छ तर रञ्जना यस अघि नै २३ दिन हिरासतमा बसीसकेकी छन् । रविको वुवाले पैसा आफ्नो लागि कुनै ठूलो कुरा नभएको बताएका छन् । रञ्जनालाई सजाय माग गरेको भए पनि त्यो पुरा नभएका कारण जित भित्र पनि हार भएको जस्तो भएको बताएका छन् ।

परिवारको सल्लाहमा अष्ट्रेलिया गएकी रञ्जना त्यहाँ पुगेपछि परिवर्तन भएको रविको परिवारको आरोप छ । रञ्जनाले हेला गरेका कारण रविले देह त्याग गरेको आरोप लगाउँदै अदालत पुगेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty five = sixty eight