१४ लाखमै यसरी बनाउन सकिन्छ कोरियन प्रविधिको आधुनिक सस्तो घर (भिडियो सहित)

काठमाडौं। आफ्नै स्वामित्वको एउटा चिटिक्कको घर होस् । र, त्यो घरमा पार्किङ गर्ने गाडी । अनि सानो र सुखी परिवार । साथै, नियमितरुपमा निश्चित आम्दानी होस् । यो अधिकांश नेपालीको सपना हो । किनभने हामी नेपालीहरु फ्ल्याट सेयरिङमा भन्दा आफ्नै स्वामित्वको अलग्गै घर होस् भन्ने चाहना राख्छौं ।

हामीहरु रोजगारी खोज्न, अध्ययन गर्न, व्यापार व्यवसाय गर्न दिनानुदिन शहर बजार प्रवेश गरिरहेका हुन्छौं । बढ्दो शहरीकरणसँगै जग्गाको भाउ आकासिँदै गएको छ । तपाईंहामीमध्ये अधिकांशले दशौं वर्ष मिहेनत गरेर एउटा टुक्रा जग्गा जोड्छौं । र, घर बनाउनका लागि फेरि वर्षौं संघर्ष गरिरहेका छौं । त्यसैका लागि हामी स्वदेशमा होस् वा विदेशमा दिनरात घोटिएर काम खाइरहेका छौं ।

आरसीसी ढलान गरेको सामान्य डिजाइनको एकतले घर बनाउनुपर्यो भने पनि ३०/३५ लाख रुपैयाँ खर्च हुन्छ । सामान्य वर्गका मान्छेलाई त्यतिका पैसा जम्मा गर्न निकै कठिन हुन्छ ।  सायद आजका दिनमा तपाईंले पनि यो समस्या भोगिरहनु भएको हुनसक्छ । तपाईंसँग जग्गा छ तर पुँजीको अभावमा घर बनाउन सकिरहनु भएको छैन भने तपाईंका लागि यो समाचार निश्चय पनि उपयोगी बन्नेछ ।

तपाईंले सस्तो मूल्यमै आकर्षक, अत्याधुनिक र वर्षौं टिकाउ हुने कोरियन प्रविधिको घर बनाउन सक्नुहुनेछ । एसवाई प्यानल नेपालले तपाईंको रोजाइ अनुसारको डिजाइनमा सस्तो मूल्यमै चिटिक्कको घर बनाइदिन्छ । एसवाई प्यानल अन्तर्गतका ५३ वटा हाउजिङ तथा कन्स्ट्रक्सनले न्यूनतम १४ लाख रुपैयाँदेखि अघिकमत ३० लाख रुपैयाँसम्मका भुकम्प प्रतिरोधी, अत्याधुनिक सुविधा सम्पन्न अकर्षण घर बनाइरहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × 3 =