छोरालाई बोकेर हिड्न सक्ने भए कृष्ण, भन्छन्, छोरालाई ईन्टरनेशनल प्लेयर बनाउने चाहाना छ (भिडियो हेर्नुस)

काठमाण्डौ । ‘भोली ऊ के बन्छ हामीलाई थाहा छैन तर उस्लाई ईन्टरनेशनल प्लेयर बनाउने चाहाना छ ।’ यो भनाई हो कृष्ण वली र रुपाको । उनीहरुको छोरा रियान्स आजको यो समयमा चार महिनाको भईसकेको छ । कृष्ण र रुपाको जोडी पनि समाजकोलागी निकै उदाहरणीय र साहासी जोडीको रुपमा चिनिन्छ ।

धेरैपछि यो जोडीले मिडियामा फेरी आफ्ना केही सुखद भनाईहरु र लकडाउनको अनुभवहरु शेयर गरेका छन् । रुपाको भनाई अनुसार उनीहरुले लकडाउनको केही समय गाउँमा बिताए । दशैंको मौकामा गाउँ जाँदा उनीहरुलाई भेट्न आर्शिबाद दिन मान्छेहरु उनीहरुकै घरमा आएको कुरा पनि रुपाले सुनाईन् । उनले भनिन्,‘गाउँमा जाँदा सबै जना हामीलाई नै भनेर भेट्न आउनु भएको थियो । सबैले आर्शिबाद दिएर पनि जानु भयो । बाबु जन्मिएको त सबैलाई भिडियो हेरेरै थाहा भईसकेको थियो ।’

आफ्नाआफ्न्तदेखि सबैको माया पाउँदा निकै खुशी लाग्ने कुरा सुनाउँदै रुपाले छोराको स्याहार गर्न गाह्रो पनि नभएको र भनेको जस्तो सजिलो पनि नभएको बताईन् । साथै उनले बाबुलाई धेरै जसो कृष्णले नै खेलाएर घरको काम गर्न आफुलाई सहयोग गर्ने गरेको पनि सुनाईन् । कृष्णले पनि बाबु खेलाउँदा आफुलाई निकै नै भाग्यशाली भएको कुरा सुनाए । दुवैले छोरा रियान्सलाई राम्रोसंग हुर्काउन र छोराको लालनपालन गर्नकोलागी मिलेर गरेको कुरा सुनाए । भिडियो

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twelve + = 21