प्रचण्ड–नेपालबीच भेटवार्ता ! पुनरावलोकन गर्न अदालत जाने

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरमा भएको भेटवार्तामा फागुन २३ को फै,सला वि,रुद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको स्रोतले जानकारी दिए । भेटमा माओवादी केन्द्रका शीर्ष नेताहरू पनि सहभागी भएको बताइएको छ ।

“उहाँ माधवकुमार नेपालहरूको नैतिक समर्थन छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेकपा एकता बदर त्रु,टिपूर्ण छ भनेर पुनरावलोकनमा नजाने भएपछि उहाँहरूको नैतिक समर्थनमात्रै हुने भयो,” माओवादी केन्द्र स्रोतले भन्यो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्ति प्रधानले शुक्रबार पुनरावलोकनमा जान सक्ने बताए । केही दिनअघि प्रधानसहित शम्भु श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारीलगायतले माओवादी केन्द्रलाई मुद्दा पुनरावलोकन गर्न सुझाएका थिए ।

“हामीले पार्टीलाई कानुनी आधार देखाइसकेका छौँ । उहाँहरूले कागजात तयार पार्दै हुनुहोला । पुनरावलोकनको मिति तय भइसकेको छैन,” प्रधानले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + 4 =