प्रधानमन्त्री ओली द्वारा नयाँ धरहराको उद्घाटन  (हेर्नुहोस भिडियो)

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले धरहराको २० औं तलाबाट पुष्पवृष्टि गर्दै २२ तले धरहराको उद्घाटन गरेका हुन्।

१२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै बनेको नयाँ धरहराको आज ९शनिवार० प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मैं बनाउँछु’ अभियान शुरु गरेका थिए ।

विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो। विसं। २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो।

विसं। १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१।८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाएको इतिहास छ।

विसं। १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो। पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो।

भुकम्पले भत्काएको धरहराको संरचनाको पुननिर्माण सम्पन्न भएपनि बाँकी संरचनाहरुको पुननिर्माण कार्य बाँकी छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five + four =