यातायात व्यवसायीले भने, हवाई उडान बन्द नभए गाडी पनि बन्द गर्दैनौं

काठमाडौं : यातायात व्यवसायीहरुले हवाई उडान बन्द नगरे आफूहरुले पनि गाडी बन्द नगर्ने बताएका छन् । विमान उड्न दिए सार्वजनिक सवारी पनि चलाईरहने उनीहरुको चेतावनी छ ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक यातायात बन्द गर्ने तर, आन्तरिक हवाई सेवा भने यथावत राख्ने निर्णय मान्ने नहुने यातायात व्यवसायीले बताएका छन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले असोज १६ गतेदेखि सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विमानमाभरि यात्रु बोक्न दिने तर, बसमा बोक्न किन नहुने भन्दै प्रश्न गरे । उनले गाडीमा पनि सिट क्षमता अनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग गरे ।

‘हामीले गाडी बन्द गरेर महामारीको चेन ब्रेक हुन्छ भने हामी यो गर्न तयार छौं, तर, हामी गाडी नचलाई बस्ने अनि प्लेन चाहिँ रहने यो कुरा मान्य हुँदैन’ उनले भने , ‘हवाइ उडानमा पनि यात्रुबीच दूरीको नियम त पालना हुँदैन, विमानका यात्रु राखेर उडाउन वायुसेवा सञ्चालकले पालना गरेका जति सबै मापदण्ड पालना गर्न हामी पनि तयार छौँ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 × = seven