कुलमान घिसिङकी धर्मपत्नी भन्दै गलत प्रचार ! यी कुलमानकी पत्नी होईनन् (शक्दो शेयर गरौ)

काठमाडौँ । एउटा फेसबुक पेजले आइतबार कुलमान घिसिङको धर्मपत्नी भन्दै गायिका तथा फिल्म निर्मात्री छिमी मान्मा तामाङको फोटो पोष्ट गरेपछि गायिका तामाङ आ,क्रोशित भएकी छन् । ‘नेपाली न्युज’ नाम फेसबुक पेजमा नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक घिसिङ र गायिका छिमी मान्मा तामाङको फोटो पोष्ट गर्दै लेखेको छ, ‘नेपालको रियल हिरो कुलमान घिसिङ र उहाँको धर्मपत्नी लाई कति लाइक ? हेरौँ’ ।

फेसबुक पेजको लाइक र कमेन्ट बटुल्ने मनशायले आफ्नो फोटो दुरुपयोग गरेको भन्दै गायिका छिमीले आ,क्रोश व्यक्त गरेकी हुन् । उनले यसरी फेक सुचना प्रर्वाह गर्ने ‘नेपाली न्युज’ नामक फेसबुक पेजलाई कारबाही गर्न माग गरेकी छन् ।

गायिका छिमी र घिसिङ साइनोले साली–भेना हुन् । तीन वर्षअघि दशैँका बेला भेट हुँदा खिचेको उक्त तस्बिर आफ्नो फेसबुकबाट डाउनलोड गरेर आफ्नो जानकारी विना गलत प्रचार गरेको छिमीले बताइन् ।

गायिका छिमीले आफ्नो फेसबुकमा पोष्ट गरेको स्पष्टिकरण

नेपाललाई लोडशेडिङमुक्त बनाउन मुख्य भूमिका निर्वाह गरेका घिसिङ मिडिया र सोशल मिडियामा चर्चामा रहेका छन् । यसैबेला घिसिङ र उनकी साली गायिका छिमीको फोटोलाई गलत अर्थ लाग्ने गरी उक्त फेसबुक पेजले क्याप्सनसहित शेयर गरेको भन्दै कमेन्टमा गाली गरिएको छ ।

घिसिङकी पत्नी दीपा तामाङ हुन् । उक्त फेसबुक पेजको पोष्टबाट पाठकमा गलत सुचना प्रवाह नहोस् भन्ने ध्येयले गायिका छिमीले आइतबार घिसिङ र उनकी पत्नी दीपाको समेत तस्बिर शेयर गरेकी छन् ।

गायिका छिमीले आफ्नो फेसबुकमा तस्बिर पोष्ट गर्दै लेखेकी छन्, ‘कुलमान घिसिङज्यूको धर्मपत्नी यहाँ हुनुहुन्छ, सबैलाइृ जानकारी होस् ।सत्यतथ्य नबुझी यसरी अरुको फोटो दुरु पयोग गरेर जनतालाई भ्र म छरेर पेज लाइक बढाउनेहरुलाई कानुनी का रबा ही हुनुपर्यो ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ ten = twelve