भारतमा २४ घण्टामा ३ लाख ४८ हजार बढी संक्रमित थपिए, ४ हजार २०५को मृ,त्यु

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा को,रोना भाइरस (कोभिड–१९) को संक्र,मणको कारण ४ हजार २०५ जनाको मृ,त्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोनाका ३ लाख ४८ हजार ४२१ नयाँ संक्र,मित पनि थपिएका छन् ।

यससँगै भारतमा कोरो,नाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ३३ लाख ४० हजार नाघेको छ । त्यस्तै को,रोना संक्र,मणको कारण मृ,त्यु हुनेको संख्या पनि २ लाख ५४ हजार १९७ पुगेको छ ।

भारतको महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरै नयाँ संक्र,मित थपिएका छन् भने कर्नाटकमा ३९ हजारभन्दा धेरै नयाँ संक्र,मित थपिएका छन् ।

केरलामा पनि को,रोनाका ३७ हजार र तामिलनाडुमा २९ हजारभन्दा धेरै नयाँ संक्र,मित थपिएका छन् । भारतमा ३७ लाखभन्दा धेरै सक्रिय संक्र,मित छन् ।

भारतमा अहिलेसम्म १७ करोड ५२ लाख ३५ हजार डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = two