काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने क्रममा प्रचण्ड र नेपालबीच भेटघाट भएको हो ।
खोप लगाएपछि दुवै नेताहरुबीच केहिबेर गोप्य कोठामा बसेर समेत कुरा भएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठबाट प्रचण्ड खोप लिनका लागि संसद भवन पुगेका थिए । भने नेता नेपाल आफू पक्षका नेताहरुसँगको छलफलपछि संसद भवन पुगेका थिए ।
Facebook Comments Box