माधव नेपालसहित विपक्षी नेताहरु शीतल निवासतर्फ, १४९ सांसदको हस्ताक्षर जुटेको दावी

काठमान्डौं : विपक्षी दलहरु नयाँ सरकार गठनको अन्तिम प्रयासमा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटाएर विपक्षी दलहरु शीताल निवास गएका हुन् ।

कांग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् ।

विपक्षी गठबन्धनले सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् ।

हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = eight