चिनियाँ अक्सिजन सिलिन्डरमा वनमन्त्रीको स्टिकर ! चौर्तफी बि-रोध

काठमान्डौं : बेला–बेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री आलेले त्यसमा ब्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश जाने गरी स्टिकर टाँसेर आफ्नो चुनाव क्षेत्रमा पठाएका छन् ।

चीनले दिएको स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डरमा मन्त्री आलेले टाँसेको स्टिकरमा– ‘नेपाल सरकारका माननीय बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेज्यूको ब्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको छ ।

उनले आफ्नो निर्वाचन क्षेत्र डोटीमा त्यसरी स्टिकरसहितको स्वास्थ्य सामग्री पठाएका छन् । ७५ थान अक्सिजन सिलिन्डर, डेढ लाख संख्याका सर्जिकल मास्क, औषधीहरु, एन्टिजेन किट, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री पु¥याएका छन् ।

डोटीबाट निर्वाचित रहेका पूर्व सांसद आले सदाबहार रुपमा सामाजिक सञ्जालमा भाइ,रल हुँदै आएका छन् । सोच बिचार नै नगरी दिने अभिव्यक्तिका कारण उनी सामाजिक सञ्जालमा मजाकको विषय बन्दै आएका छन् ।

उनले सार्वजनिक मञ्चमा गरेका भाषणका क्रममा बोलेका यी कुरा जसले उनलाई आलोचित बनायो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty − = 35