कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी

काठमान्डौं : नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ । केहीबेर अगाडि सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनमा दायर गरेको रिट र विपक्षी गठबन्धनसंगको सहकार्यका बारेमा छलफल भइरहेको छ ।

यस्तै आजको बैठकमा पार्टीको महाधिवेशनबारे पनि छलफल हुने बुझिएको छ । आफूलाई बहुमत हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विरोधमा देउवाले १४६ सांसदसहित सर्वोच्चमा रिट दिएका छन् ।

अब कसरी अगाडि बढ्ने र १४ औं महाधिवेशन तयारीबारे आवश्यक रणनीति तय गर्न आज देउवाले पदाधिकारी बैठक राखेका हुन् । यसअघि हिजो सभापति देउवाले गठबन्दनका शिर्ष नेताहरुसंग छलफल गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = 1