कालापानीका जनताले चुनावमा भोट हाल्न पाउँछन् ? प्रधानमन्त्री बाट यस्तो जवाफ आयो…!

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया गरे । उनले नेपालको पछिल्लो राजनीतिक घट,नाक्रम र को,रोना भाइ,रसको अवस्थाबारे स्पष्ट पार्न खोजे ।

ओलीले चुनाव घोषणाको बचाऊ गरे । उनले मिडियामा पूर्वाग्रही खबर आइरहेको विषय पनि उल्लेख गरे । चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? भनी सोधे । ओलीले बारम्बार त्यो प्रश्नलाई पन्छाउन खोजे । दुईपटक प्रश्नबाट उम्कन खोजेपनि पत्रकारले दोहोर्याएर सोधे ।

ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्शा जारी गरिसकिएको विषय राखे । तर, ५८ वर्षदेखि उक्त क्षेत्र भारतले नियन्त्रणमा राखिरहेको भन्दै जबसम्म भारतले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको जवाफ दिए । उनले यो विषयलाई अतिरञ्जिन नबनाउन समेत आग्रह गरे ।

पत्रकार सम्मेलनमा ओलीले कालापानीको समस्या कुटनीतिक माध्यमले समाधान गर्न लागिरहेको समेत बताए । उनले उक्त भूमि नेपालकै रहेकोमा प्रष्ट रहेको समेत बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixteen ÷ = 4