काठमान्डौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य, मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन्। शनिबार गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रको दिवसको शुभकामना’ शिर्षकमा एक प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले यस्तो वताएका हुन्।
‘प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन’ भन्दै ‘पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व वि,रोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ ।’ वक्तव्यमा भनिएको छ।
गणतन्त्रको शुभकामना दिंदै अध्यक्ष प्रचण्डले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा महान् जनयु,द्ध, ऐतिहासिक जनआन्दोलन लगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात स,हि,दहरुप्रति श्र,द्धा,ञ्जली अर्पण गर्दै बेपत्ता एवं घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गरेका छन्।
शुभकामना वक्तव्यमा प्रचण्डले कोरोना भाइरस (कोभिड) १९ महामारीको यस्तो अवस्थामा अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।