लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे विजयी

दाङ : लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे विजयी भएका छन् । उनी प्रतिद्वन्द्वीलाई ५ सय २८ मतभारले पछि पार्दै विजयी भएका हुन् ।

पाण्डेले ४ हजार १ सय ४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत पाएका छन् ।

पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी पार्टीको समर्थन थियो । पाण्डे यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य थिए ।

उनी सांसद्बाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । उनी कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१ निवासी हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty seven − 23 =