
काठमाडौँ : अर्थशास्त्री डा. गोविन्द बहादुर थापाको निधन भएको छ । को,भिड–१९ संक्र,मित थापाको उपचारका क्रममा नि,धन भएको पारिवारिक स्रोतले बताएको छ ।
थापा २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको तत्कालीन नेकपा एमालेको सरकारको बजेट निर्माणमा संलग्न थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग थापाको निकटता थियो ।
अधिकारी भौतिक योजना तथा निर्माण मन्त्री हुँदा पनि थापा सल्लाहकार थिए । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी थापाले सरकारमा रहेर पनि विभिन्न नीति निर्माणमा योगदान गरेका थिए ।
थापाले एसियाली विकास बैंक (एडीबी) मुख्यालय फिलिपिन्समा पनि काम गरेका थिए ।
Facebook Comments Box