
काठमाडौ : वरिष्ठ गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठ संक्रमित भएका छन् । केही दिन घरमै आइसोलेसनमा बसेका श्रेष्ठलाई अहिले अस्प,ताल भर्ना गरिएको छ । स्वास्थ्यमा सम,स्या देखिएको र उनलाई अस्प,तालको आइसीयुमा भर्ना गरिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागि पनि संक्र,मित देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।
शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्प,तालमा भर्ना गरिएको छ। द भ्वइस अफ नेपालले आफ्नो फेसबुक पेजमा लेखेको छ, महागुरु कोच दीपलाई शिघ्र स्वस्थलाभ को कामना ।
स्वास्थमा सामान्य समस्या देखिएपछि हस्पिटलमा भर्ना हुनुभएका महागुरु हाम्रा कोच दीप श्रेष्ठलाई को भिड देखिएपछि उहाँ अहिले यो रोग सँग जुधिरहनुभएको छ।
सधैं हामीलाई आत्मबल दिने संगीतका जीवन्त धरोहरलाई को भिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई विश्वास छ। गायक श्रेष्ठलाई निमोनिया देखिएको अस्पताल स्रोतले जनाएको छ।